गसिप

सामाजिक सञ्जालको हर्कतले बिख्यात एउटी तारा बराल, अर्की शान्ति बराल

बुधबार, कात्तिक २२, २०८०

काठमाडौंसामाजिक सञ्जालमा बिख्यात हुने क्रममा दुई महिला अहिले चर्चामा छन्। मिडियाबाजी गरेर विभिन्न प्रकारका काण्डहरूले बिख्यातमा आएका नाम हुन् तारा बराल र शान्ति बराल।

चितवनमा सिताराम कट्टेल र कुञ्जना अधिकारी (धुर्मुस सुन्तली)ले निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवादमा चर्को भाषणबाजी गरी मिडियाका विभिन्न फोरममा पुगेकी ताराको बिख्यातीको अवतरण पूर्वएआईजी रणबहादुर चन्दसँगको बिहेको सहमति भन्नेसम्मा आइपुग्यो, यतिबेला।

यसबाहेक काठमाडौंमा हुने विभिन्न अभियानमा मिडियामा हेट स्पिच दिएर ताराले बिख्याती कमाइरहेकी थिइन्। पछिल्ला दिनमा उनका कामलाई सकारात्मक नभई नकारात्मक रुपमा टिप्पणी गर्न थालियो। सामाजिक सञ्जाल प्रयोगकर्ताका प्रतिक्रियाले त्यसलाई पुष्टि गर्दछ।

rana-tara1698928282-1699242388.jpg

अर्की हुन् शान्ति बराल। बुटवलमा रहेर सामाजिक सञ्जालको टिकटकमा मिलियनभन्दा बढी फलोअर बटुलेकी उनी नेकपा माओवादी केन्द्रकी स्थानीय नेता थिइन्। उनलाई कारबाही गरिसकेको माओवादीले जनाएको छ।

उनको पछिल्लो हर्कतका कारणले नै कारबाहीमा परेकी थिइन्। टिकटकमा गिफ्ट पाउने लोभमा उनको थ्याङ्क्यु काण्ड बाहिर आयो। लाइभमा नै भित्री अंग (गोप्य अंग) देखाएपछि उनको बिख्याती भएको थियो।

पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत बिख्याती कमाउनेको लर्को नै लागेको छ। यसलाई सदुपयोग नभई दुरुपयोग गरेर हिट हुने पनि कम छैनन्।

यसअघि कतिपय कलाकारिता क्षेत्रमा लागेको भन्नेले पनि अश्लीलताको पराकाष्ट नै नघाउन थालेका थिए। सञ्चारको साधन अहिले हात हातमा रहेका कारण यस्ता काण्ड तुरुन्त नै भाइरल हुने गरेका छन्।

(सामाजिक सञ्जालमा नै आफ्नो परिचयसहितको आइडी चलाएको भिडिओ सार्वजनिक गरेका कारण नाम गोप्य राखिएनसम्पादक)

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्