सुनको भाउ निरन्तर घट्दो, आज तोलाको कति ?

मंगलबार, असोज १६, २०८०

काठमाडौं - आज मंगलबार पनि सुनको भाउ घटेको छ ।

सोमबार प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस्तै आज तेजावी सुन पनि प्रति तोला १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको ।

यता चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत साताको मंगलबारदेखि सुनको भाउ घट्ने क्रम रोकिएको छैन । एक सातामा सुनको भाउ ५ हजार ६ सय रुपैयाँ घटेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्