सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

शुक्रबार, असोज ५, २०८०

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन तोलाको एक लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर तोलामा एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्