‘शिक्षा विधेयक सुझावका आधारमा पास हुन्छ’

आइतबार, भदौ ३१, २०८०

काठमाडौँ– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि सरोकारवालासँग छलफल गरेर प्राप्त सुझाव आधारमा पारित गरिने बताएका छन् ।

सो विधेयक यही भदौ २७ गते सङ्घीय संसद्मा दर्ता भएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले संविधानको मर्म र जनताको चाहना विपरीत विधेयक पारित हुन नसक्ने भएकाल दफाबार छलफलका क्रममा पर्याप्त गृहकार्य हुने स्पष्ट गरे । विधेयकप्रति नेपाल शिक्षक महासङ्घलगायत संस्थाले विरोधका कार्यक्रम घोषणा गरेका छन् । 

कार्यक्रममा शिक्षाविद् डा प्रमोद भट्टले सार्वजनिक शिक्षाको सवलीकरण र संविधानको ममअुसार विधेयक आउनुपर्नेमा कतिपय बुँदामा अस्पष्ट र निजीकरण गरिएको जनाए । शिक्षाविद् विमल फुयाँलले विधेयक प्रगतिशील नभएकाले व्यापक परिमार्जन गर्न आवश्यक रहेको टिप्पणी गरे। 

एनसिइ नेपाला अध्यक्ष राजेन्द्र पहाडीले आफूहरुले दिएको सुझाव र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७६ को भावनालाई सम्मान नगरी विधेयक आएको बताए । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १९:४४
प्रतिक्रिया दिनुहोस्