भीम उपाध्यायले पूर्णिमायासँग मागे माफी, मुद्दा फिर्ता लिने सहमति

आइतबार, भदौ १७, २०८०

काठमाडौं- नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले चितवन भरतपुर महानगरपालिका–१६ की पूर्णिमाया गुरुङसँग माफि मागेका छन् ।

पूर्वसचिव उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा ‘गोरु खाने धराने’ लेखेर गुरुङको फोटोसहित पोष्ट गरेपछि विवादमा तानिएका थिए । उनले उक्त पोष्टबारे माफी मागी आगामी दिनमा यस्तो क्रियाकलाप नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

काठमाडौंको तमु छोज धीँ, गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कार्यालयमा उपाध्यायले माफी मागेपछि गुरुङले उपाध्यायविरुद्ध दिएको उजुरी पनि फिर्ता लिने भएकी छन् ।

तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद चितवनको संयोजनमा तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद केन्द्रीय समिति र तमु प्ये ल्हुँ संघ चितवनका पदाधिकारीहरुको रोहबरमा उनीहरुबीच सहमति भएको हो ।

उनीहरुबीच भविष्यमा यस्ता किमिसका विषयलाई एकअर्कामा कुनै पनि आरोप प्रत्यारोप नगर्ने एक अर्काबीचको सहमतिमा उल्लेख छ । गुरुङले भोलि चितवन फर्किएर जिल्ला प्रहरी कार्यालयमा दिएको साइबर अपराधको उजुरी फिर्ता लिने पनि जानकारी दिइन् ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्