कांग्रेसले आधिकारीक जानकारी आएपछि सांसद पक्राउबारे धारणा सार्वजनिक गर्ने

बिहीबार, साउन २५, २०८०

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका सांसद सुनील शर्मा पक्राउबारे सम्बन्धीत निकायबाट जानकारी लिएर मात्रै धारणा सार्वजनिक गर्ने जनाएको छ । 

पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्वाराहीमा बिहीबार बसेको संसदीय दल कार्यसमिति बैठकपछि मुख्य सचेतक रमेश लेखकले सांसद सुनील शर्मा पक्राउबारे बैठकमा छलफल भएको र आधिकारीक जानकारी लिएपछि मात्रै धारणा सार्वजनिक गर्ने बताएका हुन् । 

यस बिषयमा सभामुख र सिआइबीसँग पनि जानकारी लिइने उनले बताए । त्यस्तै बैठकमा शुक्रबार बस्ने संसदीय दल बैठकको एजेण्डमाथि छलफल भएको जानकारी दिए । दल बैठकमा सदनको अवरोध, बजेटका बिषय, बिधेयक लगाएतका बिषयमा छलफल हुने लेखकले बताए ।

लेखकले सदनको अवरोध अन्त्य गर्न कांग्रेसले निरन्तर प्रयास गरेको र सवै दलसंग छलफलमा नै रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्