नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

सोमबार, साउन १, २०८०

काठमाडौं - नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ ।

केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रीय समिति बैठकमा छलफल गर्ने अजेन्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। बैठक साेमवार दिउँसो २ बजे बस्नेछ ।

सभापति देउवाले सोमबार पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेपछि साउन २ गते मंगलबार बस्ने केन्द्रीय कार्यासमिति बैठकका एजेण्डा तय हुने बताइएकाे छ।

गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सिता दाहालको निधन पछि स्थगित भएको सो बैठक साउन २ गते बस्दैँछ ।

आजको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार