एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

बुधबार, असार १३, २०८०

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद प्रेमबहादुर आलेले जानकारी दिए । 

    यसअघि सत्तारुढ दल भए पनि सो पार्टीका नेताहरुले बजेट असन्तुलित आएको भन्दै शंशोधन नगरे बजेटको विपक्षमा मतदान गर्ने जनाउँदै आएका थिए ।

आजको प्रतिनिधिसभा बैठकमा बजेटबारे प्रधानमन्त्री मातहतका मन्त्रालयको जवाफपछि आर्थिक बर्ष २०८०-८१ का लागि विनियोजित बजेट परित गरियोस् भन्ने प्रस्ताव पेश हुँदैछ ।
 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार