आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको हो : अर्थमन्त्री

सोमबार, जेठ २९, २०८०

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको बताएका छन् ।

आर्थिक वर्ष २०८०-८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘उपभोग्य वस्तुमा कर लगाएको कुरा आएको छ । यहाँको चासो चिन्ता स्वभाविक हो । तर मेरो उद्देश्य आन्तरिक उत्पादनलाई संरक्षण गर्नु हो ।’ 

आफ्नो उत्पादनलाई प्रोटेक्सन गर्न आयातित वस्तुमा कर लगाउनुपर्ने समेत उनले बताए बताए । ‘आलु प्याज पनि विदेशबाट आयात गर्ने?, आफै उत्पादन गरेर खानु प¥यो ?’, उनले भने ।
 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्