बंशज नागरिकताको विकल्पमा गैरआवासीय नागरिकता हुन सक्दैन : एनआरएन युके

सोमबार, जेठ १५, २०८०

काठमाडौँ– गैर आवासीय नेपाली संघ (एनआरएन) युकेले वंशजको नागरिकताबाट बन्चित गर्ने प्रयास गरे आन्दोलन शुरु गर्ने चेतावनी दिएको छ ।

एनआरएन युकेका अध्यक्ष प्रेम गाहामगरले नेपाल सरकारले एनआरएनहरुलाई वंशजको नागरिकताबाट बन्चित गर्ने प्रयास गर्यो भने एनआरएनहरुले नेपालबाटै आन्दोलन शुरु गर्ने चेतावनी दिएका हुन् ।

एनआरएनएले लामो समयदेखि आफ्ना सदस्य र सन्तानहरुको हकमा नेपाली नागरिकताको निरन्तरताको माग गर्दै आएको अध्यक्ष गाहामगरले बताए । राजनीतिक तहबाट यसमा प्रतिवद्धता पनि जनाइए कार्यान्वयनमा लैजान सरकारले वेवास्ता गरेका कारण अब नेपालदेखि विदेशमा रहेका नेपाली रजदुतावास घेर्ने र दवाव दिने रणनितीमा आफु रहेको उनको भनाई छ ।

युकेको अल्डरसटमा आयोजित विशेष महाधिवेशनमा विश्वमा छरीएर रहेका नेपालीले आफ्नो दक्षता प्रस्तुत गर्दै  देश मात्र होइन विदेशमा समेत उच्च नाम राखेको अध्यक्ष गाहामगरले बताए । उनले भने, ‘देश विकास र निकासको लागि बिदेशमा सिकेको सिप र दक्षतालाई आफ्नो जन्मभुमिमै  प्रयोग गर्न पाउनुपर्ने र त्यसका लागि आफ्ना नागरिकलाई पराई नभनि नेपाल सरकारले बातावरण बनाइदिनुपर्छ ।’ 

कार्यक्रममा सहभागि एनआरएनए पूर्व अध्यक्ष डा. शेष घले, योगेन क्षेत्री पूर्व उपाध्यक्ष सोनाम लामा्लगायतले वंशजको नागरिकताको निरन्तरताले एनआरएनले आफ्नो जन्मभुमि नेपालमा  सामाजिक, आर्थिक सांस्कृतिक एवं नेपालको समस्या समाधान गर्न,  समृद्ध राष्ट्र बनाउन पनि वंशजको नागरिकता निरन्तर हुनपर्ने आवाज उठाएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २०:४१
प्रतिक्रिया दिनुहोस्