भारत हाम्रो छिमेकी मित्रराष्ट्र हो, खुलस्त कुरा राख्नुपर्छः ओली

आइतबार, जेठ ७, २०८०

काठमाडौँ– प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भारतसँग खुलस्त कुरा राख्नुपर्ने बताएका छन् ।

आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निकट भविष्यमा हुन लागेको भारत भ्रमणका क्रममा भारतसँग खुलस्त कुरा राख्नुपर्ने उनको भनाइ छ ।

‘भारत हाम्रो छिमेकी मित्रराष्ट्र हो । छिमेकी हो र मित्रराष्ट्र हो । मित्रसँग खुलस्त कुरा राख्नुपर्छ । मनमा चिसो वा पराजित भावना राख्नु हुन्दैन । खुलस्त कुरा राख्दा सबैलाई फाइदा हुन्छ । हामीलाई परेको समस्याका बारेमा पनि भारतसँग खुलस्त कुरा राख्नुपर्छ,’ ओलीले भने ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्