नक्कली भुटानी शरणार्थी प्रकरण :

आरजु नमुछिने, बालकृष्ण नजोगिने !

बिहीबार, वैशाख २८, २०८०

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसमेत पक्राउ परेपछि अहिले कांग्रेस वृत्तमा खैलाबैला मच्चिएको छ । विशेषगरी सभापति शेरबहादुर देउवा क्याम्पमा त सन्नाटा नै छाएको छ ।

घटनामा देउवापत्नी आरजु राणा संग्लग्न रहेको अडियो सार्वजनिक भएपछि त झनै घटनाले अर्को मोड लिने संकेत दिएको थियो । तर, नेपाल प्रहरीले अडियो फेक हुनसक्ने र त्यसलाई प्रमाण मान्न नसकिने भन्दै आरजुलाई गिरफ्तार गर्न आवश्यक ठानेन । 

आफ्ना बारेमा गलत अडियो आएको भन्दै आरजुले त्यसको खण्डन् गरिन् । लगत्तै उनी शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेलाई भेट्न मंगलबार हिरासतमै गइन् । त्सको चाँजोपाँजो एआइजी श्यामलाल ज्ञवालीले मिलाइदिएका थिए । स्रोतका अनुसार शरणार्थी प्रकरणमा  आफ्नो नाम नमुछ्न पाण्डेलाई आग्रह गरेकी थिइन् ।

त्यसको भोलिपल्ट अर्थात् बुधबार मात्रै सभापति देउवानिकट मानिने कांग्रेस नेता खाँण पक्राउ परे । शरणार्थी प्रकरणमा खाँण नजोगिने अवस्था छ । उनीविरुद्ध प्रहरीले प्रमाण जुटाइसकेको छ । यस्तो अवस्थामा खाँणले आरजुलाई जोगाउने स्वयम् कांग्रेस कार्यकर्ताहरू बताइरहेका छन् । कतिपयले त आरजुलाई जोगाउनलाई  देउवाले खाँणसँग अनुनय विनय गरिसकेको र उनले पनि मानेकाे दाबी गरिरहेका छन् । 

यदि, आरजु पनि यस प्रकरणमा मुछिए सभापति देउवाको राजनीतिक करिअर नै दाउमा पर्ने र यस्तोमा इतरपक्षलाई फाइदा पुग्ने संस्थापन कांग्रेसको निष्कर्ष छ । यद्यपि, बुधबार पक्राउ परेलगत्तै ३ दिन हिरासतमा पठाइएका खाँणको बयान लिँनै बाँकी छ । उनले बयानमा क–कसको नाम लिन्छन् त्यो आउन बाँकी नै छ । तर, कम्तीमा उनले आरजुको नाम नमुछ्नेमा भने देउवा क्याम्पले आशा गरेको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार