नक्कली भुटानी शरणार्थी प्रकरण

कांग्रेसले पक्राउ परेका खाणबारे भोलि निर्णय लिने

बुधबार, वैशाख २७, २०८०

काठमाडौँ– नेपाली कांग्रेसको आकस्मिक बोलाइएको पदाधिकारी बैठक सकिएको छ ।

कांग्रेसका वरिष्ठ नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि आज सभापति शेरबहादुर देउवाले धुम्बाराहीस्थित निवासमा बोलाएको आकस्मिक बैठक सकिएको हो ।  

करिब ३ घन्टा चलेको वैठकमा आजै पक्राउ परका खाणको बारेमा छलफल भएको एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार आजको बैठकमा कुनै निर्णय नभएकोले भोलि फेरि वैठक बसेर खाणको बारेमा निर्णय लिने छलफल भएको छ ।

बैठकपछि नेताहरुले पत्रकारलाई प्रतिक्रिया दिन चाहेनन् । बैठक चलिरहेको देउवा निवासमा पत्रकारलाई प्रवेश गर्न रोक लगाइएको थियो ।

आज बिहान पक्राउ परेका खाणलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद अनुमति दिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार