सुनको मूल्यमा ४ सय वृद्धि

बुधबार, वैशाख २७, २०८०

काठमाडौं –सुनको मूल्यमा बुधबार ४ सय रुपैयाँले वृद्धि भइको छ । मूल्य वृद्धिसँगै सुनको भाउ १ लाख ११ हजार ६ सय रुपैयाँमा उक्लिएको छ । अघिल्लो दिन मंगलार छापावाला सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

यसअघि वैशाख २१ गते हालसम्मकै उच्च मूल्य कायम हुँदै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको थियो । पछिल्लो दिनको मूल्यले पुनः सोही रेकर्ड भेट्ने संकेत गरेको छ । 

यस्तै, तेजावी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ५० रुपैयाँ पुगेको छ । यता चाँदीको मूल्य भने गत तीन दिनदेखि स्थिर रहँदै आज पनि प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्