कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु 

मंगलबार, वैशाख २६, २०८०

काठमाडौँ– कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । परीक्षा आज बिहान ८ बजेबाट सुरु भएको हो ।

परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी हुँदैछन् । यस्तै, ५६ हजारभन्दा बढीले ग्रेड वृद्धि परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

देशभर एक हजार ४५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

विद्यार्थीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै सबै विषयको परीक्षा फारम भरिएको थियो । तर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड (एनजी) ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।

परीक्षा जेठ ५ गतेसम्म सञ्चालन हुनेछ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्