संवैधानिक परिषद्को बैठक

हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस

सोमबार, वैशाख २५, २०८०

काठमाडौँ– संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको हो ।

कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको परिषद्का सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकमा प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सहभागी थिए ।

हाल कामु प्रधानन्यायाधीश रहेका कार्कीको संसदीय सुनुवाइपछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्ति गर्नेछन् । 

तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए । उनी उमेर हदका कारण अवकाश भएपछि गत ११ असोज २०७९ मा कार्की कामु प्रधानन्यायाधीशको भूमिकामा सर्वोच्च अदालतमा कार्य सम्पादन गर्दै आइरहेका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्