नेभिगेशन
जीवनयापन

ईडीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

काठमाडौं– अमेरिककाले सन् २०२४ का लागि इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी–२०२४)को नतिजा सार्वजनिक गरेको छ।

नेपाली समयअनुसार शनिबार राति पौने १० बजे (भखैंरै) ईडीभी–२०२४ को नजिता सार्वजनिक गरेको हो । 

ईडीभीको नतिजा अमेरिकी कन्सुलर मामिला ब्यूरोको वेवसाइटमा  ‘कन्फरमेसन नम्बर’ प्रयोग गरी हेर्न सकिनेछ । 

ईडीभीको आवेदन २०२२ अक्टोबर ६ मा खुलेर ९ नोभेम्बरमा बन्द भएको थियो । आवेदकले ३० सेप्टेम्बर २०२४ सम्म आफ्नो ‘कन्फरमेसन नम्बर’ सुरक्षित राख्नुपर्ने बताइएको छ । 

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्