धादिङको गणेशखोला पुलमा भ्वाङ, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध [तस्बिरसहित]

बुधबार, वैशाख २०, २०८०

धादिङ–पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि मंगलबार दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग बुधबार १२ बजेदेखि फेरि बन्द भएको हो ।

धुनीबेसी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुवैतर्फी सवारी आवागमन बन्द भएको छ ।

नयाँ पुल निर्माणको लागि फाउण्डेसन खन्ने क्रममा पुरानो पुलको फाउण्डेसन भएको जमिन भासिन पुगेको हो । त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो । अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् । एकतर्फी सडक संचालनमा ल्याइए पनि हिजैदेखि जोखिम भने टरेको थिएन । 

वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

फेरि जमिन भासिँदा अवरुद्ध भएको पृथ्वी राजमार्गमा वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

जमिन भासिएपछि दुईतर्फी बाटो बन्द भइरहेको र खुलाउने पहल भइरहेको धादिङ जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तु जैशवालले बताए ।

अवरुद्ध बाटो तत्काल खुलाउन सकिने अवस्था नभएकाले वैकल्पिक बाटो प्रयोग गर्न उनले अनुरोध गरे ।

prthivi highy (2)16830989721683099689.jpeg

344962101_6179074535518397_8840966879279746524_n1683099680.jpg

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्