Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचनबाट चुनिएका ३ सांसदको सपथ आज

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौँ– वैशाख १० मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनबाट चुनिएका ३ सांसदले आज सपथ लिने भएका छन् ।

बारा २ बाट चुनिएका उपेन्द्र यादव, चितवन २ का रवि लामिछाने र तनहुँ १ का डा स्वर्णिम वाग्लेले आज पद तथा गोपनीयताको सपथ लिन लागेका हुन् । 

उनीहरूलाई सभामुख देवराज घिमिरेले शपथ खुवाउँदै लोगो वितरण गर्ने संसद् सचिवालयले जनाएको छ ।

यादव जनता समाजवादी पार्टी (जसपा) तथा लामिछाने र वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित सांसद हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्