गृहमन्त्रीलाई मेयर बालेनको प्रश्न– कुन आधारमा अवैध संरचनाको संरक्षण गर्नुहुन्छ ?

बुधबार, वैशाख १३, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कुन आधारमा अवैध संरचनाको संरक्षण गरिरहेको भनी प्रश्न गरेका छन् ।

आज उच्च अदालतले बागमती सभ्यताविरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नगरेको स्पष्ट पार्दै उनले गृहमन्त्री श्रेष्ठलाई सामाजिक सञ्जालमार्फत आजै यस्तो प्रश्न गरेका हुन् । 

उनले यसतर्फ कुनै कदम नचाली कुन कानून र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नु हुन्छ भनी गृहमन्त्रीसँग प्रश्न गरेका हुन् ।

मेयर बालेनले २०७६ साउन २० गते सर्वोच्च अदालतले बागमती, बिष्णुमती, मनोहरा र सहायक नदीहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश दिएको स्मरण समेत गरेका छन् । उनले गृहमन्त्रीलाई कुनै कानूनले कसैमाथि अन्याय गरिरहेको भए तत्काल कानून परिवर्तन गर्न प्रक्रिया सुरु गर्न पनि सुझाव दिएका छन् ।

यस्तो छ उनको फेसबुक स्टाटस

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  २१:५७
प्रतिक्रिया दिनुहोस्