‘काँडेतार’ जस्ताको त्यस्तै प्रदर्शन गर्न नपाए अदालत जान्छुः नवल खड्का

बुधबार, वैशाख १३, २०८०

काठमाडौँ– चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले काँडेतार चलचित्रका कुनै दृश्यहरु संवाद नकाटी प्रदर्शन गर्न नदिए सेन्सर बोर्डबिरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।

बुधवार चलचित्र पत्रकार संघ नेपालको आयोजनामा भएको राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सेन्सर बोर्डले चलचित्रका केही दृश्य र संवादहरु काटेर मात्रै प्रशारण गर्नभन्दै चलचित्र प्रशारणमा रोक लगाएको उनले बताए । चलचित्रमा हटाउनै पर्ने कुनै त्यस्ता दृश्यहरु नरहेकाले सबै दृश्य र संवादहरु राखेर प्रर्दशन गर्न दिन उनले आग्रह गरे । 

‘सेन्सर सर्टिफिकेट नउठाएको काँडेतारले पायो । कसैले त्यत्तिकै फण्डा गरिरहेको छ भन्ने किसिमको कुरा यहाँ आएपछि मैले सुनेँ । सेन्सर सर्टिफिकेट मैले पाएको छैन । सेन्सर बोर्डले सधैँको लागि चलचित्रलाई ब्याण्ड गरेको पनि होइन । त्यहाँ केही संवाद र दृश्यहरु सुधारेर ल्याउन सुझाव दिनुभएको छ । मैले पनि कुनैपनि दृश्यहरु नकाटी दर्शकसँग लैजान पाउँ भनेर अपिल गरेको छु । सेन्सर बोर्डले यो अनुरोध सुनेन भने त्यसको लागि न्यायलय, अदालत छ,’ अध्यक्ष खड्काले भने ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्