नेभिगेशन
समाचार

तनहुँ १ मा २० वटा वडाको मतगणना सकिँदा वाग्ले भारी अन्तरले अगाडि

काठमाडौँ– तनहुँ १ मा २० वटा वडाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्ले भारी अन्तरले अगाडि देखिएका छन् । 

२७ हजार ४४ मत गन्दा वाग्लेले झण्डै ६ हजार मतको अग्रता लिएका हुन् ।

वाग्लेले दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईमाथि ५ हजार ७१२ मतको अग्रता लिएका हुन् ।

वाग्लेले १३ हजार ७४९ तथा भट्टराईले ८ हजार ३७ मत ल्याएका छन् । 

नेकपा (एमाले)का सर्वेन्द्र खनालले ४ हजार ३९४ मत पाएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार