सिबिफिनलाई प्रबल जनसेवाश्री मानपदवी

आइतबार, वैशाख ३, २०८०

काठमाडौँ– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) लाई प्रबल जनसेवाश्री मानपदवीबाट विभुषित गरिएको छ । समग्र राष्ट्रको आर्थिक स्तरोन्नति र बैंकिङ क्षेत्रको सुधार एवं विकासका लागि सिबिफिनले अघि सारेका नीतिगत सुझाव, खेलेको भूमिका र पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सिबिफिन प्रबल जनसेवाश्री मानपदवीबाट बिभूषित भएको हो ।

संविधान दिवस–२०७९ को अवसरमा घोषणा भएको उक्त मानपदवी नयाँ वर्ष अर्थात् मिति २०८० बैशाख १ गते राष्ट्रपतिको कार्यालयमा आयोजित सुशोभन समारोहमार्फत प्रदान गरिएको छ । उक्त मानपदवी सिबिफिनको तर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले ग्रहण गरेका थिए ।

संस्थागतरुपमा पहिलोपटक सो मानपदवी प्रदान गरिएको हो । प्राप्त मानपदवीले आफ्नो शिर उँचो भएको र गरिमा बढेको सिबिफिनले उल्लेख गरेको छ । अबका दिनमा थप कर्तव्य र जिम्मेवारी पनि थपिएको भन्दै सिबिफिनले संस्थागत उद्देश्यहरुको कार्यान्वनयसँगै नेपाल सरकार र मातहतका निकायहरुबाट प्राप्त हुने जिम्मेवारीहरुलाई अत्यन्तै गहनताका साथ पूरा गर्ने प्रतिवद्धता दोहोर्याएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्