नागरिकता विधेयकमा सहमतिको प्रयास जारी छ : मन्त्री शर्मा

शुक्रबार, चैत २४, २०७९

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकता विधेयकमा सहमतिको प्रयास भइरहेको बताएकी छिन्।  

शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले नागरिकता विधेयकमा राजनीतिक दलहरुका बीचमा सहमतिको प्रयास भइरहेको बताएकी हुन्।

उनले नागरिकता विधेयक छिटोभन्दा छिटो ल्याउन सरकारको प्राथमिकतामा परेपनि सहमति खोज्ने प्रयास हुँदा समय लागेको बताइन्। उनले भनिन्, ‘यो त अब काममा प्रक्रियामा हेर्नुपर्छ। घोषणा गर्ने बेलामा कागजमा लेख्ने बित्तिकै भइहाल्दैन केही कुरापनि। त्यसको आफ्नै प्रक्रिया हुन्छ। ६ महिनाभित्रमा नागरिकता ऐन ल्याउने भन्ने कुरा पहिले पनि भएको हो। अहिले पनि त्यो उल्लेख भएकै विषय छ।

नागरिकता ऐन त वास्तवमा ६ महिनाभित्र भन्नाले ६ महिना कुराउनुपर्छ भन्ने कुरा होइन। छिटोभन्दा छिटो ल्याउने कुरा नै हो। त्यसकारण सरकारको प्राथमिकतामा छ। अलिअलि सहमति खोज्नुपर्छ यो विषयमा त्यसले गर्दा केही समय लागेको हो। 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  २१:५०
प्रतिक्रिया दिनुहोस्