नेकपा एसका नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गर्दै

शुक्रबार, चैत २४, २०७९

काठमाडौं - नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गर्ने भएका छन् ।

एमालेसँग अलग भएसँगै पार्टी एकीकरणको मुद्दा उठाउँदै आएका नेता न्यौपानेले पार्टी नै परित्याग गर्ने भएका हुन् ।

यसका लागि उनले शनिबार दिउँसो विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् । अध्यक्ष माधव नेपाल र झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका उनले एमालेसँग पार्टी एकीकरण गर्ने माग गर्दा उनीमाथि स्पष्टीकरण सोधिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  २१:०८
प्रतिक्रिया दिनुहोस्