विदेशबाट शब ल्याएका बाकसमा पनि गहन छन् कि भनेर फुटाउन थालियोः ढकाल

बिहीबार, चैत २३, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताएका छन् ।

बिहीवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताएका हुन् । विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै उनले भ्रष्टाचार जरैसम्म पुगेको बताए । गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै सांसद ढकालले यो सबैको कारण बेथिति भएको धारणा राखे ।

‘विदेशबाट शव ल्याउँदा शवको बाक्सा फोरिएको छ एयपोर्टमा । केही सामान छ कि भनेर लुट्नलाई । ब्यागहरु फुटेको त जानकारी थियो । समाज कहाँ जादैछ ? समाज के बन्दैछ ? कारण के हो ? कारण भ्रष्टाचार यसरी संस्थागत भएछ कि यसरी जरोसम्म पुगेछ कि शव बोकेको बाक्सा पनि एयरपोर्टमा फुट्छ । अचम्मको छ एयरपोर्ट, यताबाट लागु औषध स्क्रिनमा देख्दैन । लागुऔषध कतारमा पुग्छ । संस्थागत यति भएछ भ्रष्ट्राचार गरिब चेपाङ कुपोषित बच्चाको दिवा खाजा लुट्छ । दिवा खाजामा भ्रष्टाचार छ,’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्