आजदेखि संसदमा सुरु भएको आकस्मिक समय के हो ?

बिहीबार, चैत २३, २०७९

काठमाडौँ– आजको प्रतिनिधिसभा बैठकमा केही सांसदहरुलाई सभामुख देवराज घिमिरेले बैठक सुरु हुने वित्तिकै ३ मिनेटका दरले बोल्न समय दिए । 

बैठकको सुरुमा नै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाल, त्यसपछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले विभिन्न विषयमा आफ्ना धारणा राखेका थिए ।

आज सांसदहरुलाई सभामुख घिमिरेले सुरुको केही समय ‘आकस्मिक समय’ भन्दै दिएका थिए । प्रतिनिधिसभाले गत आइतबार पारित गरेको प्रतिनिधिसभा नियमावलीमा आकस्मिक समय सम्बन्धी व्यवस्था भएको सभामुख घिमिरेले जानकारी दिए ।

सो नियमावलीकाले नियम १५ मा आकस्मिक समय सम्बन्धी व्यवस्था रहेको सभामुख घिमिरेको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्