भरुवा बन्दुक पड्किँदा बालिकाको मृत्यु, तीनजना घाइते

मंगलबार, चैत २१, २०७९

सल्यान- सल्यानको कालीमाटी गाउँपालिकास्थित स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ । त्यसको छर्रा लागेर तीन जना घाइते भएका छन् ।

आलेको घरको आँगनमा खेल्दै गरेको क्रममा बन्दुक पड्किँदा छर्राले लागेर कालिमाटी गाउँपालिका-७ स्वायनवासकी ९ वर्षीया पुजा घर्तीको मृत्यु भएको हो । ३ वर्षीया देवी घर्ती, ५ वर्षीया यमुना आले र ८ वर्षीय तेजेन्द्र आले घाइते भएका छन् ।

घाइते भएकी यमुना आलेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अन्य दुई जनालाई नेपालगन्जमा उपचार गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  २१:४४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार