चन्द्रागिरिमा हिमपात [३ तस्बिरसहित]

शनिबार, चैत १८, २०७९

काठमाडौँ– काठमाडौंको चन्द्रागिरि डाँडामा आज बाक्लै हिमपात भएको छ ।

हिमपातले गर्दा चन्द्रागिरिका अधिकांश ठाउँ सेताम्मे देखिएका छन् । चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिर परिसरलगायत क्षेत्रमा हिमपात भएको हो ।

यसअघिका वर्षमा माघ–फागुनतिरै चन्द्रागिरिमा हिमपात हुने गरेको थियो । तर, यो वर्ष ती महिनामा हिउँ परेन ।

चन्द्रागिरिमा हिमपात भएपछि त्यहाँका पर्यटक रमाइरहेको भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले बताए । 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्