तेस्रो काठमाडौं सडक सुरक्षा चलचित्र महोत्सव सम्पन्न

बिहीबार, चैत ९, २०७९

काठमाडौं–नासा फाउण्डेशन नेपालको आयोजना, ग्लोबल एलाइन्स अफ एजनीओ फर रोड सेफटीसँगको आवद्धतामा तेस्रो काठमाडौं सडक सुरक्षा चलचित्र महोत्सव सम्पन्न भएको छ । 

नेपाल अटोमोवाइल्स एसोसीएसन (नासा)सँगको सहकार्यमा सम्पन्न महोत्सवमा कुल उत्कृष्ट ९ वटा सर्ट फिल्मले सहभागिता जनाएका थिए । जस मध्ये गणेश उपाध्यायद्वारा निर्देशित  चलचित्र ‘प्रबोध’ उत्कृष्ट भएको छ ।

यस्तै, कृष्ण शाहद्वारा निर्देशित  फिल्म ‘मम ड्याड गिफ्टेड’ दोस्रो र विवेक थापाद्वारा निर्देशित ड ‘इन्फ्लुसेन्ड’ तेस्रो बन्न सफल भएको थियो । मोटरसाइक्लिङ सेफ्टी थिममा आयोजना गरिएको महोत्सवका विजेता फिल्महरूलाई क्रमश ५० हजार, ३० हजार र २० हजार नगदसहित शिल्ड, सर्टिफिकेट र युएन मान्यताप्राप्त सुरक्षित हेल्मेट समेत प्रदान गरिएको थियो ।

कलाकार आरपी पन्तको संयोजकत्वमा रेजिना उप्रेती, रामशरण पाठक, ई. आशिष गजुरेल र नविन निरौला सम्मिलित जुरी टिम गठन गरिएको थियो ।

महोत्सवमा विनोद पाण्डे निर्देशित ‘लोकल चिया’ लाई ‘स्पेशल जुरी अवाड’ प्रदान गरियो ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ११:४५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार