नेभिगेशन
अर्थ विविध

बैंकका कर्मचारीमाथि ज्यान लिने गरी आक्रमण गर्न थाल्यो दुर्गा प्रसाईको ‘अभियान’

काठमाडौँ– व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाका कर्मचारी माथि कालोमोसो दल्नुपर्छ भनेर चलाएको अभियान आतंकारी कार्यमा संलग्न हुन थालेको छ ।

बैंकको व्याज बढी भएको र बढी व्याज लिने बैंकका कर्मचारीलाई कालोमोसो दल्नुपर्छ भन्ने प्र्रसार्ईंको अभियान बैंकका कर्मचारीको ज्यानै लिने गरी आक्रमण गर्न पुगेको हो ।

प्रसाईंको उक्साहटमा लागेर बैंकका कर्मचारी विरुद्ध खनिएका व्यक्तिहरुले पछिल्लो समय सांघातिक आक्रमण गर्न थालेका छन् । केही अराजक समुहले एनआइसी एसिया बैंकको शाखा कार्यालय म्याग्दीका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि निजयोजित रुपमा सांघातिक आक्रमण गरी गम्भीर घाइते तुलाइएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले जानकारी दिएको छ ।

बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुव्र्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु दैनानुदिन बढिरहेको भन्दै सिविफिनले विरोध गरेको छ ।

‘जाजरकोट जिल्लामा कर्मचारीमाथि गरिएको दुव्र्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतिको श्रृंखला आज ज्यान लिने गरी घटाइएको छ । यसै सन्दर्भमा मिति २०७९ चैत्र २ गतेका दिन गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि नियोजितरुपमा गरिएको सांघातिक आक्रमण गरी गंभिर घाइते बनाइएको घटनाको सिबिफिन घोर भत्र्सना गर्दछ,’ सिविफिनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष सिविफिनले जोडदार माग गरेको छ ।

वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका सुरक्षा निकाय र सम्बन्धित सबैमा बारम्बार अपिल गरिरहेकै बखतमा बैंकका कर्मचारी माथि गरिएका यस्ता निर्मम एवं हिंस्रक घटनाले नेपाल सरकारको शान्ति सुरक्षाको व्यवस्थाको खिल्ली उडाएको र समग्र अर्थव्यवस्थामाथि नै प्रहार भएको अनुभूत भएको सिविफिनले उल्लेख गरेको छ । 

आन्तरिक तथा बाह्य कारणबाट देशको अर्थतन्त्र नै अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थालाई समेत मनन गरी  बैंकिङ सेवालाई निर्वाधरुपमा संचालन हुने वातावरण सृजना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन सिविफिनले अपिल गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध