प्रभु बैंक र सीजी मोटर्सबीच विद्युतीय गाडीमा कर्जा दिने सम्झौता

बिहीबार, चैत २, २०७९

काठमाडौं–प्रभु बैंक लिमिटेड र सी.जी मोटर्स प्रा.लि.बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ । 

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सी.जी मोटर्स प्रा.लिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले सम्झौतामा हस्ताक्षर गरे ।

प्रभु बैंक र सीजी मोटर्स प्रा.लिबीच भएको सम्झौताअनुसार सी.जी मोटर्स प्रा.लिबाट ग्राहकले सी.जी मोटर्सले आयात गरेको नेटा भी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने छन् ।

हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।


 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्