युएईविरुद्ध नेपालले दोस्रो विकेट लियो

बिहीबार, चैत २, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपाललाई दोस्रो सफलता पाएको छ ।
सन्दिप लामिछानेले फर्ममा रहेका कप्तान मोहम्मद वसिमको विकेट लिएर दोस्रो सफलता दिलाएका हुन् ।

लामिछानेले वसिमलाई ६३ रनमा एलबीडब्धु धरापमा पार्दै दोस्रो विकेट लिए । दोस्रो विकेटका लागि वसिम र वृत्या अरविन्दले ७९ रनको साझेदारी गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्