युएईविरुद्ध टस जितेर ब्याटिङ गर्दै पिएनजी

बुधबार, चैत १, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग– ‘टू’अन्तर्गत सिरिजको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पिएनजी) र संयुक्त अरब इमिरेट्स (युएई)बीच प्रतिस्पर्धा हुँदैछ ।

खेल बिहान साढे ९ बजे त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ । 

पिएनजी आजको खेल जितेर विश्वकप लिग– ‘टू’को यात्रा सुखद् अन्त्य गर्ने योजनामा छ ।

युएई पनि पिएनजीमाथि फराकिलो जित निकाल्दै एकदिवसीय मान्यता कायम राख्ने कमजोर सम्भावना जीवितै राख्न चाहन्छ । 

यसैबीच, पिएनजीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ०९:१५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार