युएईविरुद्ध नेपालको खराब सुरुवात, गुमायो ३ विकेट

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– युएईविरुद्ध नेपालले खराब सुरुवात गरेको छ ।

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत जारी खेलमा नेपालले आठौँ ओभरमा नै ३ विकेट गुमाइसकेको छ ।

नेपालले १.५ ओभरमै ओपनर आसिफ शेखलाई गुमायो । उनी शून्य रनमा आउट हुँदँ नेपालको २ रनमात्र थियो ।

यस्तै, ४.३ ओभरमा नेपालले अर्को ओपनर कुहल भुर्तेललाई गुमायो । उनी ८ रन बनाउँदै आउट हुँदा नेपालले १२ रन बनाएको थियो ।

यसैगरी, तेस्रो क्रममा आएका कुशल भुर्तेल पनि ७.१ ओभरमै आउट भए । उनी ९न रन बनाउँदै आउट हुँदा नेपालले २२ रन बनाएको थियो । 
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १०:०५
प्रतिक्रिया दिनुहोस्