आइसीसी विश्वकप लिग २ : पीएनजीविरुद्ध आशिफ शेखले बनाए अर्धशतक

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ –आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा पपुवा न्यु गिनीविरुद्ध नेपाली ओपनर आशिफ शेखले अर्धशतक बनाएका छन्

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको ओपनर शेखले उत्कृष्ट सुरुवात गर्दै अर्धशतक बनाएका हुन् । आशिफले अर्का ओपनर कुशल भुर्तेलसँग १०१ रनको पार्टनरशिप पनि गरिसकेका छन् । 

आशिफले अर्धशतक बनाउने क्रममा ५ चौका र २ छक्का पनि हानेका छन् । उनलाई साथ दिइरहेका कुशल भुर्तेलले पनि ५१ बलमा ४४ रन बनाएका 

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । तीव्र गतिका बलर प्रतिश जिसीको स्थानमा ब्याटर कुशल भुर्तेललाई खेलाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार