नेपालले गुमायो छैठौं विकेट, सन्दीप लामिछाने २७ रनमा आउट

सोमबार, फागुन २२, २०७९

काठमाडौँ-आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा घरेलु टोली यूएईविरुद्ध पहिले ब्याटिङमा उत्रेको नेपालको छैठौं विकेट पतन भएको छ ।

दबाबमा परेको नेपाललाई सम्हालिरहेका सन्दीप लामिछाने पनि ४० रनमा २७ रन बनाउँदै आउट भएका छन् । 

छक्का प्रहारको कोसिस गर्दा उनी क्याच आउट भएका छन् । उनीसँगै क्रिजमा रहेका भीम सार्कीले भने ताजा अवस्थामा ६० बल खेल्दै ३७ रन बनाएका छन् । 

सन्दीप आउट भएपछि अहिले क्रिजमा आरिफ शेख गएका छन् । ब्याटरहरु सबै सस्तैमा आउट भएपछि अब नेपालले बलरको भर पर्ने अवस्था आएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १४:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार