पर्यटन उद्यमी शाहलाई नेपाल सम्मानबाट सम्मानित

बुधबार, फागुन २४, २०७९

काठमाडौँ– पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई ‘नेपाल सम्मान–२०७९’ बाट सम्मानित गरिएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमी शाहलाई नेपाल सम्मान २०७९ प्रदान गरेका हुन् ।

सगरमाथा प्रतिष्ठान नेपालद्वारा आयोजित ‘नेपाल सम्मान २०७९ एवं अन्तर्राष्ट्रिय नारी सम्मान २०७९’ समारोहमा नेपालमा पर्यटन व्यवसायको प्रवर्द्धनमा विशेष योगदान गरेका शाहलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । 

उनी दुई दशकभन्दा लामो समयदेखि होटल तथा हस्पिटालिटी क्षेत्रमा आबद्ध रही काम गर्दै आएका छन् । हाल बेष्ट रिसोर्ट नेपालका निर्देशक शाह यसअघि चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक थिए ।

नेपालको होटल तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत शाहले यस क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्