युएईविरुद्ध नेपालले दियाे २३० रनकाे लक्ष्य

सोमबार, फागुन २२, २०७९

काठमाडाैँ- आइसिसी विश्वकप लिग-२ क्रिकेटमा नेपालले युएईलाई २३० रनको लक्ष्य दिएको छ ।

निर्धारित ५० ओभरमा नेपालले ८ विकेट गुमाउँदै २२९ रनको याेगफल तयार पारेकाे हाे । 

नेपालका लागि भीम सार्कीले ७० रनको अर्धशतकीय इनिङ खेले भने आरिफ शेखले ४३ रनमा अविजित रहे । 

यस्तै, सन्दीप लामिछाने २७ रन बनाएर आउट हुँदा करण केसी १७ रनमा आउट भए भने प्रतिश जिसी ११ रनमा अविजित रहे ।

त्यसअघि ६८ रनमा ५ विकेट गुमाएको नेपाललाई सन्दीप र भीम सार्कीले छैटौँ विकेटका लागि ५६ रनको साझेदारी गरे । त्यसैगरी, आरिफसँग भीमले ७ औँ विकेटका लागि ५६ रनको साझेदारी गर्दै नेपालको इनिङ समानजक अवस्थामा पुर्‍याएका थिए।

अन्य ब्याटरहरूले भने गतिलो स्काेर बनाउन सकेनन् ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्