अध्यक्षले तानाशाही शैली देखाएको भन्दै ११ सदस्यद्वारा एन्फा बैठक बहिस्कार

बुधबार, फागुन १७, २०७९

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) का ३ जना उपाध्यक्षसहित ११ सदस्यहरूले कार्यसमितिको बैठक बहिस्कार गरेका छन् । 

बुधबार एन्फा कम्प्लेक्समा बसेको बैठकमा उनीहरूले आफ्ना ६ वटा एजेन्डा थप गर्न माग गरे पनि बेवास्ता गर्दै जबरजस्ती बैठक अघि बढाएपछि असन्तुष्ट भएर उनीहरू बैठक छाडेर हिँडेका हुन् । 

बैठक बहिस्कार गर्नेमा उपाध्यक्षहरू दीर्घबहादुर केसी, विराटजंग शाही र दीपक खतिवडा छन् । 

यस्तै, सदस्यहरू भोजराज शाही, रमेश व्यञ्जनकार, रूपेश केसी, रविन चन्द, भरत बुद थापा, महेन्द्र क्षेत्री, पेमा लामा र टीका लामाले पनि बैठक छाडेका छन् । 

उनीहरूले अध्यक्ष पंकजविक्रम नेम्वाङ तानाशाही शैलीमा चलेको आरोप लगाएका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फा कार्यसमिति बैठक आज
बुधबार, फागुन १७, २०७९

एन्फा कार्यसमिति बैठक बुधबार
बुधबार, फागुन १७, २०७९