एन्फा कार्यसमिति बैठक आज

बुधबार, फागुन १७, २०७९

काठमाडौँ –नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बुधबार बस्दैछ । विविधसहित १९ वटा एजेन्डामा बैठक बस्न लागेको हो ।

एन्फाका महासचिव किरण राईले गत साता कार्यसमिति सदस्यहरूलाई पत्राचार गर्दै बुधबार कार्यसमिति बैठक बोलाएका थिए । अन्तर्राष्ट्रिय थ्री नेसन्स कप आयोजना, महिला ओलम्पिक छनोट प्रतियोगिता, ए डिभिजन लिग तथा महिला राष्ट्रिय लिग सञ्चालन गर्न आगामी चार वर्षको योजना लगायत विषय बैठकका एजेन्डामा छलफल गर्न बैठक बोलाइएको हो ।

यस्तै, सहिद स्मारक बी र सी डिभिजन लिग, जिल्ला लिग, यस वर्षको महिला लिग, विद्यालय स्तरीय महिला र पुरुष उमेर समूहका प्रतियोगिता र कर्मचारी नियुक्ती पनि समावेश छन्। बैठकमा महिला र फुटसल फ्रेन्चाइज प्रतियोगिता, महिला एकेडेमी, प्रदेश संघको अधिवेशन, फुटसल लिग, नेपाल सुपर लिगका लागि समय उपलब्ध गारउने, राष्ट्रिय टिम र संघलाई आवश्यक खेलकुद सामग्री, प्रायोजन र खरिद, विभिन्न देशमा संघको समन्वय समिति गठन स्थायी समिति तथा अन्य आवश्यक समिति, आपतकालिन समिति, सीईओ, सहायक महासचिव लगायत कर्मचारी–पदाधिकारी नियुक्ती र विविध विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १०:३२
प्रतिक्रिया दिनुहोस्