मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मंगलबार, फागुन १६, २०७९

 

जनकपुर– महोत्तरीको बलवा नगरपालिका–१० मा गएराति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत बिहार राज्यको मधुवनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय प्रेमलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए ।

बलवा –१० को धमौराबाट बनौटा जाँदै गरेको प्र २–०२–००२ प ३३७२ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका महतोलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका उनलाई उपचारार्थ बर्दिबासस्थित ट्रमा सेन्टरमा लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मोटरसाइकल चालक २२ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

परिक्रमा यात्रीको मृत्यु
मिथिलामा जारी १५ दिने माध्यमिकी परिक्रमा यात्राअन्तर्गत महोत्तरीको ध्रुवकुण्डमा लागेको मेलामा सोमबार एक तीर्थयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मटिहानी नगरपालिकाको धिरापुरगाउँ निवासी ७० वर्षीय राजदेव मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्