क्रोएसियाका डिफेन्डर लोभ्रेनद्वारा सन्यास घोषणा

शनिबार, फागुन १३, २०७९

काठमाडौँ– क्रोएसियाका डिफेन्डर डेजान लोभ्रेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले हालै सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् ।

३३ वर्षीय सेन्टर ब्याक लोभ्रेनले क्रोएसियाका लागि ७८ खेल खेलेका छन् ।

उनले सन् २००९ मा क्रोएसियाको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । 

सन् २०१८ मा रुसमा भएको विश्वकपमा क्रोएसिया उपविजेता बन्दा लोभ्रेनले उत्कृष्ट प्रदर्शन गरेका थिए । गत संस्करणको विश्वकपमा पनि उनी सम्मिलित क्रोएसिया तेस्रो भयो ।

इंग्लिस क्लब लिभरपुलका पूर्वडिफेन्डर लोभ्रेन हाल फ्रेन्च क्लब लियोनबाट खेलिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ०७:२५
प्रतिक्रिया दिनुहोस्