यू १९ विश्वकप छनोट : नेपालद्वारा सिंगापुर ९६ रनले पराजित

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ –आईसीसी यू–१९ क्रिकेट विश्वकपको एसिया छनोटमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको छ । 

यूएईको इडेन गार्डेन ओभल अज्मानमा शुक्रबार टस जितेर ब्याटिङ थालेको नेपालले ७ विकेट गुमाएर २६१ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको सिंगापुरले ७ विकेट गुमाएर १६५ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि १०० बलको सामना गरेका आकाश ७८ रनको इनिङ खेले । नेपालका सुबासले र हेमन्त धामीले दुई–दुई विकेट लिए । 

छनोटमा नेपालसँगै सिंगापुर, हङकङ, मलेसिया, कुवेत र यूएई सहभागी छन् । छनोट चरणबाट शीर्ष स्थानमा रहने टिमले सन् २०२४ मा हुने यू–१९ एकदिवसीय क्रिकेट विश्वकपमा स्थान बनाउने छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  २०:५८
प्रतिक्रिया दिनुहोस्