यू–१९ विश्वकप एसिया क्षेत्र छनोट : नेपालले दियो सिंगापुरलाई २६२ रनको लक्ष्य

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ –आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले सिंगापुर समक्ष २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युएईमा शुक्रबार भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २६१ रन बनाएको छ ।

यू–१९ नेपाली राष्ट्रिय टिमबाट ७ जना खेलाडीले डेब्यु गरेका छन् । नेपालका लागि आकाश सहित दीपक बोहरा, सुवास भण्डारी, हेमन्त धामी, दिपक प्रसाद डुमे्र, दीपक बोहरा र मिलन बोहराले आजको खेलमा डेब्यु गरेका छन् ।

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १४:५८
प्रतिक्रिया दिनुहोस्