आइसिसी विश्वकप लिग-२ का विजेता खेलाडीलाई सरकारले २ लाख दिने

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग २ का विजेता खेलाडीलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । 

विजेता खेलाडीहरूलाई प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले भने, ‘इतिहास रच्नुभएकामा तपाईँहरूलाई बधाई छ । तपाईँहरूले नयाँ रेकर्ड बनाउनुभएको छ । ४ वटा खेलमा पूरै विजय हासिल गरेर क्लिन स्विप गर्नुभएको छ । यो देशकै गौरव हो ।’

उनले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख रुपैयाँ पुरस्कार दिने आफूले घोषणा गरेको बताए ।

त्यस अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकामा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्