नेभिगेशन
समाज विविध

प्रजातन्त्र सेनानी तथा कांग्रेस नेता ठकुरीको निधन

काठमाडौँ– राणा शासनविरुद्ध र प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ देखि देशमा भएका विभिन्न जनआन्दोलनमा सक्रिय रहँदै पटकपटक जेल जीवन बिताएका प्रजातन्त्र सेनानी रामबहादुर ठकुरीको मंगलबार निधन भएको छ ।

नेपाली कांग्रेस भक्तपुरका अग्रज नेता एवं आठौँ जिल्ला सभापति रहँदै प्रजातान्त्रिक आन्दोलनमा पटकपटक जेल जीवन बिताएका ठकुरीको मंगलबार सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित आफ्नै निजी निवासमा ९८ वर्षको उमेरमा निधन भएको हो । 

विसं १९८२ कात्तिक १३ गते बालकोटमा जन्मिभका ठकुरीले जनतालाई शिक्षा लिन अभिप्रेरित गर्दा राणा शासकले पटकपटक त्यसो नगर्न धम्की दिई मानसिक यातना दिएको उनको परिवारले जानकारी दिएको छ ।

कांग्रेसका नेता एवं नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले विसं २००७ को राणा विरोधी आन्दोलनमा सहभागी भई प्रजातन्त्र स्थापनामा सक्रिय ठकुरी प्रजातन्त्र स्थापनापछि शिक्षण संस्था स्थापना गरी जनतालाई शिक्षाको चेतना फैलाउने अभियानकर्मी पनि रहेको बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध