नेभिगेशन
समाज विविध

सुत्केरीलाई उपहार वितरण

दोलखा –चरिकोटमा सञ्चालित च्छोरोल्पा जनरल अस्पताल प्रालिले सुत्केरी सेवा लिन आउनेलाई फ्रिडम किट व्याग वितरण गरेको छ । 

बेलायतको फ्रिडम किट व्याग संस्थाले मेडिकल डाइरेक्टर डा. विनोद दंगाल र जनरल सर्जन डा. अर्चना केसीमार्फत् उपलब्ध गराइएको हो । किट संस्थामा सुत्केरी गराउन आउने महिलाको लागि निःशुल्क वितरण गरिएको हो । 

डा. केसीले किटको प्रयोग कसरी गर्ने, किट प्रयोग गर्दा हुने फाइदाको विषयमा अस्पतालको कर्मचारी र बिरामीलाई जानकारी गराएका छन् । किटमा पुनः प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड सहितको प्याकेज छ । 

करिब ५ हजार बरावरको सामाग्री रहेको किट व्यागले महिलामा हुने पाठेघर संक्रमणको न्यूनीकरण गरी गुणस्तरीय जीवनयापनमा मद्दत पुग्ने डा. दंगालले बताए ।

हालसम्म अस्पतालमा सुत्केरी हुन आउने ३ जनालाई फ्रिडम किट व्याग वितरण गरिएको र सुत्केरी हुन आउने सबैलाई फ्रिडम किट व्याग उपलब्ध गराउने अस्पतालले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध