नेभिगेशन
समाज विविध

अति विपन्न परिवारलाई गाउँपालिकाले बनाइदिए घर

ताप्लेजुङ –ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले पालिकाका अति विपन्न परिवारलाई आवास निर्माण गरेको छ ।

वडास्तरबाट सबैभन्दा निम्न आर्थिक अवस्था भएका परिवारलाई छनोट गरी जनआवास निर्माण पछि सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न थालिएको पाथीभरा याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौलाले जानकारी दिए । अहिलेसम्म पालिकाका ३ वटा वडाका ३ विपन्न घर परिवारलाई जनआवास निर्माण गरी हस्तान्तरण गरिएको छ ।  

१ विपन्न परिवारको घर निर्माणको क्रममा रहेको छ । जनआवास निर्माणका लागि बढीमा ४ र कम्तिमा २ लाख रुपैयाँ खर्चिएको छ ।  ‘कसैको बस्ने घर नभएको, कोही कटेरामा जीवन गुजारीरहेको र कसैको आगलागीले घर ध्वस्त भएर फेरि आवास बनाउन नसक्ने र पूरै घरवारविहीन हुने अवस्था देखेपछि पालिकाले जनआवास निर्माण अघि बढाएको हो’,प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

६ महिनापछि घर फर्किए टिंकरवासी

हुलाकी सडकले फेरेको नरैनापुर