घट्यो सुनको मूल्य

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ– सोमबारको तुलनामा मंगलबार पहेँलो धातु सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

सोमबार १ लाख ३ हजार २०० रुपैयाँ प्रतितोला कारोबार भएको सुनको मूल्य मंगलबार २०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३ हजार रुपैयाँ प्रतितोला तोकिएको छ ।

यस्तै, तेजाबी सुन १ लाख २ हजार ५०० र चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्